काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ।

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यले आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने  शुल्कमा १५ प्रतिशत छुट पाउनेछन्।

त्यसैगरी नेपाल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि उक्त छुट दिने  व्यवस्था गरिएको छ। 

नेपाल बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटका तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा वित्त अधिकृत खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिसोर्टप्रति हार्दिक आभार व्यक्त गरे। 

आगन्तुक रिर्सोटका बोर्ड संयोजक ज्ञवालीले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र आगन्तुक रिसोर्टका मार्केटिङ प्रमुख प्रभाकर खड्कालगायतको पनि उपस्थिति थियो।