काठमाण्डौ । नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ।

मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ सुविधाहरु रहेका छन्। १० लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भए पनि मुद्दति निक्षेपसरहको उच्चतम ब्याजदर रहेको छ। 

नेपालभर २१३ शाखा, १४८ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकले करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ। बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवासुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। 

विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ।