काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ‘ग्लोबल मनी विक’ सम्पन्न गरेको छ। 

गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र यस प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ। चैत ७ गतेदेखि १३ गतेसम्म चामे मनाङ, गोरखाको जौबारी, कास्की पोखराको पृथ्वीचोक, अमरसिङ, बगर र हेम्जा साथै बाग्लुङ जिल्लाको बुर्तिवाङ गरी ७ स्थानमा  यस बैंकका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेका छन्। 

बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको सुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरेको र ती कार्यक्रमहरुबाट करिब १५०० व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ।