काठमाण्डौ । नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको प्रथम उपसभापतिमा शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित भएका छन्। 

संघको कार्यकारी बोर्डको आज बसेको बैठकबाट गोयल प्रथम उपसभापति पदमा निर्विरोध चयन भएका हुन्। 

गत चैत २६ गते काठमाण्डौमा सम्पन्न भएको ४१ औँ वार्षिक साधारणसभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्टसहित संस्थागत समूहबाट ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए। तीनै बोर्ड सदस्यहरुमध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र गोयल प्रथम उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। 

यसअघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फका प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो।