Nepal Life Insurance
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले उसको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ ।
देशकै टप जीवन बिमा कम्पनीको रुपमा स्थापित नेपाल लाइफले आगामी चैत २८ गते १८ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँ कम्पनीको पूँजी संरचनामा परिवर्तन गरी १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको हो ।
हाल यो कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरको संरचना ७०ः३० को अनुपातमा रहेको छ । कम्पनीले यसलाई परिवर्तन गरी ६०ः४० बनाउन लागेको हो ।
वीरगञ्जको होटल भिष्वामा आह्वान गरिएको साधारणसभामा संचालक समितिले यसअघि प्रस्ताव गरेको ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश समेत स्वीकृत हुनेछ । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बोनस स्वीकृतपछि चुक्तापूँजी बढेरु ४ अर्ब ३९ करोड माथि पुुग्नेछ ।
यसैबीच, नेपाल लाइफले साधारणसभा प्रयोजनका लागि चैत १४ देखि २८ गतेसम्म बुक क्लोज हुने प्रष्ट पारेको छ । यसको अर्थ नेपाल लाइफको साधारणसभा सहभागी हुन, घोषित लाभांश पाउन चैत १३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।
नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको छ ।
30 minutes ago
48 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago