काठमाण्डौ । भोलि जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदैछ। यो दिन नेपाल एयरलाइन्सले काठमाण्डौ–भैरहवा–काठमाण्डौ उडान भर्ने भएको छ।
नेपाल एयरलाइन्सको ए३२० न्यारोबडी विमानले काठमाण्डौबाट बिहान ६ बजे भैरहवाका लागि उडान भर्नेछ। यो विमान भैरहवाबाट बिहान ८ बजे नै काठमाण्डौका लागि उड्नेछ।
यसअघि नेपाल एयरलाइन्सले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरेको थियो।
नेपाल एयरलाइन्सले काठमाण्डौ–भैरहवा–काठमाण्डौ उडान भर्न ४ हजार ५१० रुपैयाँ र ७ हजार ४० रुपैयाँ गरी दुई प्रकारको मूल्य सार्वजनिक गरेको छ।
भोलि कुवेतबाट जजिरा एयरवेजले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ।
23 minutes ago
35 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago