काठमाण्डौ। नेपाल टेलिकमले चौबीसै घन्टा विभिन्न प्रकारका फ्री टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ। 

यो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ। 

उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरुलगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिनेछ। 

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ। यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ। 

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ। एपमा भएका च्यानलहरु हेरेबापत हाल छुट्टै शुल्क तिर्नुपर्दैन।