काठमाण्डौ । नमस्ते पे प्रयोगकर्ताहरुले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको ‘डाटा र भ्वाइस’ प्याकहरुअन्तर्गत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्नेछन्।

नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरुमा आकर्षक अफर लाभ लिन सक्नेछन्। 

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्यद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा संस्था हो। नमस्ते पेअन्तर्गत इन्टरनेट र स्मार्टफोन आवश्यक नपर्ने गरी यूएसएसडीमार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको छ। सो प्रयासमा स्मार्ट क्यूआरसँग गरिएको सेवाको सुरुआत एक महत्वपूर्ण कोशेढुंगा साबित हुने एनडीपीसीको विश्वास रहेको छ।