काठमाण्डौ । नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुईगुणा तथा १० वर्ष ३ महिनामा तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ। यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ।
यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुण तथा ११ वर्ष ३ महिनामा तीनगुणा हुने बैंले जनाएको छ।
17 minutes ago
31 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago