काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरिएको छ।
गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको हो।
इन्टरनेट लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २ हजार ५०० रहेकोमा अब रु. १ हजार ६०० मात्र हुनेछ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु. २ हजार ३०० बाट घटाएर रु. १ हजार ६०० नै कायम गरिएको छ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २ हजार १०० र रु. १ हजार ९०० रहेकोमा अब दुवैको महसुल दर रु. १ हजार ५०० कायम गरिएको छ।
इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु. २ हजार ७०० रहेकोमा अब रु. २ हजार ४००, ११ देखि १०० एमबीपीएसको रु. २ हजार ४०० रहेकोमा अब रु. २ हजार १०० र १०० एमबीपीएसभन्दा बढीको रु. २ हजार १०० रहेकोमा अब रु. १ हजार ८०० कायम गरिएको छ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा चौबीसै घन्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ।
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago