काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असार ९ गते नेपाल एसबीआई बैंकलाई ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८३’ निष्कासनको अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब यो बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

यो ऋणपत्रमा ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।