– रेखा चन्द

काठमाण्डौ । नेपाल बैंक लिमिटेड मुलुककै पहिलो बैंकका रुपमा परिचित छ। 

केन्द्रीय बैंक नभएको तत्कालीन समयमा यो बैंकले राष्ट्र बैंकको समेत भूमिका निर्वाह गरेको थियो। यो बैंकको स्थापनाबाट नेपालमा आधुनिक बैंकिङ प्रणालीको सुरुआत भएको हो। यसले बैंकिङ इतिहास ८४ वर्षको अनुभव बटुलिसकेको छ।

देशमा प्रविधिको विकासले फड्को मारेसँगै बैंकहरुलाई पनि धेरै सेवासुविधा प्रदान सहज भएको अवस्था छ। बैंकका धेरै सुविधाहरु ग्राहकले घरमै बसेर डिजिटल माध्यमबाट गर्न सक्ने अवस्था आइसकेको छ। जसबाट ग्राहकको समय बचतसँगै झन्झटरहित कारोबार गरिरहेका छन्। 

यस्तै समयको मागसँगै नेपाल बैंकले पनि आफ्ना सेवासुविधालाई डिजिटल माध्यममा परिस्कृत बनाएको छ। र ग्राहकका हरेक चाहनालाई पूरा गर्ने लक्ष्यमा बैंक रहेको छ। बैंकले २१८ शाखा सञ्जाल र ४९ वटा एक्सटेन्सन काउन्टरबाट विभिन्न सेवासुुविधा दिँदै आएको छ। 

यो बैंकमा हाल युवापुस्ताले ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्। यसका साथै यो बैंक तीनैपुस्ताको साझा बैंकका रुपमा पनि स्थापित भएको छ। 

अर्थतन्त्रमा समेत अतुुलनीय योगदान पुुर्याएको नेपाल बैंकले आफ्नै छुुट्टै छवि बनाउन सफल भएको छ। बैंकले ग्राहकका लागि बचततर्फका विभिन्न आकर्षक योजना ल्याएको छ।

यस्ता छन् खाताका प्रकार र विषेशता तथा सुुविधा 

१. एनबीएल चल्ती खाता

ग्राहकले जतिसुुकै रकम पनि राख्न पाउने व्यवस्था गरिएको छ। जम्मा भएको रकमलाई चाहिएको बेलामा निकाल्न सकिनेछ। यो खाता खोल्ने ग्राहकले ब्याज भने पाउँदैनन्। ग्राहकले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत जुनसुकै बेला आफ्नो खाता सञ्चालन गर्न सक्ने। 

२. ज्येष्ठ नागरिक विशेष बचत खाता

यसमा निःशुल्क एकाउन्ट स्टेटमेन्टको सुुविधा छ। एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ पनि १ वर्षका लागि निः शुुल्क। यो खातामा न्यूनतम ५०० रुपैयाँ तोकिएको छ। डिम्याट, मेरो सेयर र सी–आस्बाको समेत सुविधा छ। 

३. एनआरएन बचत खाता 

यसमा न्यूनतम ब्यालेन्स यूएसडी ५००० वा जीबीपी ४००० वा एयूडी ७५०० हुनुपर्नेछ। यस्तो खाता एनआरएन(एकल वा संयुक्त खाता) वा एनआरएनद्वारा प्रवर्द्धिधत तर विदेशमा रहेको संस्थाले खोल्न र सञ्चालन गर्न सक्छ। विदेशी वा स्थानीय मुद्रामा ब्याज भुुक्तानी। रकम बैंकिङ प्रणालीमार्फत मात्रै जम्मा र निकाल्नुपर्ने। यो खातामा १ वर्षका लागि निःशुुल्क इन्टरनेट बैंकिङको सुविधा प्रदान गरिएको छ। संसारको जुनसुकै ठाउँबाट अनलाइनमार्फत सजिलै खाता खोल्न सकिनेछ। विदेशी मुद्रा विनिमयमा विशेष प्रिमियम (०.२५ पैसा) र निःशुल्क एनबीएल ट्राभल कार्ड उपलब्ध हुनेछ। 

४. शुभ ज्ञान बचत खाता 

यो खाता स्कुलदेखि क्याम्पससम्मका विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको हो। यसमा न्यूनतम ब्यालेन्सको आवश्यक पर्दैन। निःशुल्क भिसा डेबिट कार्ड र १ वर्षका लागि निःशुल्क नवीकरण। निःशुुल्क एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता खोल्ने, सी–आस्बा र मेरो सेयरको सुविधा। यसमा निःशुल्क एनटीसी प्रिपेड सिमकार्डको प्रारम्भिक प्याकेजमा १०० एमबी डाटा, १० मिनेट नेट टक टाइम र १० नेट एसएमएस प्रत्येक दिन पाइने। उपलब्ध गराइएको एनटीसी सिम प्रयोग गरी १ वर्षसम्म एनबीएल मोबाइल बैंकिङ ब्राउजिङका लागि कुनै इन्टरनेट शुल्क नलाग्ने। 

५. सहयात्री बचत खाता

यो दम्पतीलाई लक्षित गरी ल्याइएको खाता हो। न्यूनतम ब्यालेन्स ५०० रुपैयाँमात्रै। पति वा जोडी (पति र पत्नी) का लागि संयुक्त खाता। निःशुल्क भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ। लकर सुविधामा २५% छुट। यसमा निःशुल्क एनटीसी प्रिपेड सिमकार्डको प्रारम्भिक प्याकेजमा १०० एमबी डाटा, १० मिनेट नेट टक टाइम र १० नेट एसएमएस प्रत्येक दिन पाइने। उपलब्ध गराइएको एनटीसी सिम प्रयोग गरी १ वर्षसम्म एनबीएल मोबाइल बैंकिङ ब्राउजिङका लागि कुनै इन्टरनेट शुल्क नलाग्ने।

६. प्रोफेसनल बचत खाता 

न्यूुनतम मौज्दात ५०० रुपैयाँ। निःशुल्क भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,  बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयर दर्ता गर्न सकिने। 

. नारी सम्मान बचत खाता

यो खाता नारीलाई लक्षित गरी ल्याइएको हो। न्यूनतम मौज्दात रु. १० हजार। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा फ्री। आन्तरिक रेमिट्यान्स कमिशनमा ५०% छुट र अन्तर्राष्ट्रिय रेमिट्यान्स स्विफ्ट वा आरटीजीएसमा पनि ५०% छुट पाइने। लकरको वार्षिक शुल्कमा ५०% छुट र लकर मार्जिनमा पनि छुटको व्यवस्था। ५ लाख रुपैयाँको दुर्घटना बीमाको पनि सुुविधा।

. स्यालरी बचत खाता 

न्यूनतम मौज्दात शून्य। पहिलो वर्ष निःशुल्क भिसा डेबिट कार्ड र त्यसपछि वार्षिक नवीकरण शुल्क लाग्ने। निःशुल्क एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयर दर्ता। ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुुविधा।

९. नागरिक बचत खाता 

न्यूनतम मौज्दात १० हजार रुपैयाँ।  निःशुल्क भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयर दर्ता।

१०. नर्मल बचत खाता

न्यूनतम मौज्दात ५०० रुपैयाँमात्रै। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा।
. नारी स्पेसल बचत खाता 

न्यूनतम मौज्दात ५०० रुपैयाँ। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा। लकर सुविधामा २५% छुट।

१२. युवा बचत खाता

न्यूनतम मौज्दाको आवश्यकता नपर्ने। निःशुुल्क भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा पाइने। 

१३. सन्तति बचत खाता 

यो बालबालिकालाई लक्षित गरी ल्याइएको खाता हो। यो खाता खोल्दा न्यूनतम ब्यालेन्स आवश्यक पर्दैन। अभिभावकको खाता डेबिट गर्न निःशुल्क स्थायी निर्देशनको सुविधा। एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुविधा।

१४. रेमिट्यान्स बचत खाता

न्यूनतम मौज्दात शून्य। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुविधा। रेमिट्यान्स शुल्कमा ५०% छुट।

१५. इन्भेस्टर्स बचत खाता

न्यूनतम मौज्दात शून्य। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुविधा।

१६. बालबालिका बचत खाता 

न्यूनतम मौज्दात शून्य। यस्तो खाताकोे लाथि चेकबुक र भिसा कार्ड भने जारी गरिएको छैन। एनबीएल बैंकिङको सदस्यताको सुुविधा।

१७. समृद्ध नेपाल अभियान बचत खाता

यो खाता अन्य कुनै पनि बैंकमा खाता नखोलेकाहरुका लागि लक्षित गरी ल्याइएको हो। न्यूनतम मौज्दात शून्य। बैंकले आफ्नोतर्फबाट १०० रुपैयाँजम्मा गर्ने। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुविधा।

१८. छोरी सुरक्षा बचत खाता

यसमा न्यूनतम ब्यालेन्स आवश्यक पर्दैन। चेकबुक र भिसा कार्डको सुुविधा छैन। एनबीएल बैंकिङको सुुविधा।

१९. छोरीबेटी कल्याण बचत खाता 

न्यूनतम मौज्दात रु. ५ हजार। सम्बन्धित व्यक्ति, नगरपालिका वा गाउँपालिकाले खातामा रकम जम्मा गर्न सक्नेछन्। खाताधारक १८ वर्षको उमेर नपुगेसम्म खाताको रकम झिक्न पाइने छैन। यसमा चेकबुक र भिसा कार्डको व्यवस्था छैन। एनबीएल बैंकिङको सुुविधा। 

२०. सोसल सेक्युुरेटी बचत खाता

न्यूनतम मौज्दात शून्य। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा।

२१. पेन्सन पेमेन्ट बचत खाता

न्यूनतम मौज्दात शून्य। भिसा डेबिट कार्ड, एनबीएल मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, सी–आस्बा र मेरो सेयरको सुुविधा।

२३. फिक्स्ड डिपोजिट अकाउन्ट

परिपक्वताका आधारमा भुक्तानी गरिने। त्रैमासिक रुपमा व्याज भुक्तान गरिने। म्याच्युरिटी अघि एफडी निकासीमा दण्डित ब्याज लगाइने। आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कटौती गरिने। नामांकन सुविधा उपलब्ध छ। गोपनीयता सुनिश्चित गरिएको छ।  

२४. एनआरएन फिक्स डिपोजिट

यसमा न्यूनतम ब्यालेन्स यूएसडी ५००० वा जीबीपी ४००० वा एयूडी ७५०० हुनुपर्नेछ। यस्तो खाता एनआरएन (एकल वा संयुक्त खाता) वा एनआरएनद्वारा प्रवर्द्धिधत तर विदेशमा रहेको संस्थाले खोल्न र सञ्चालन गर्न सक्छ। विदेशी वा स्थानीय मुद्रामा ब्याज भुुक्तानी। रकम बैंकिङ प्रणालीमार्फत मात्रै जम्मा र निकाल्नुपर्ने। १ वर्षका लागि निःशुुल्क इन्टरनेट बैंकिङको सुविधा। संसारको जुनसुकै ठाउँबाट अनलाइनमार्फत सजिलै खाता खोल्न सकिने। विदेशी मुद्रा विनिमयमा विशेष प्रिमियम (०.२५ पैसा)। निःशुल्क एनबीएल ट्राभल कार्ड। कार्यकाल न्यूनतम १ वर्षदेखि अधिकतम ६ वर्षसम्म। एफडी खोलेको १ वर्ष पूरा भएपछि समयपूर्व सुविधा।

कसमा कति छ ब्याज ?

नेपाल बैंकले बचत खातामा ६.०३% देखि ८.०३% ब्याजदर प्रदान गर्दै आएको छ। ३ महिनाको फिक्स्ड डिपोजिटको हकमा भने व्यक्तिगतलाई ११.०३%, संस्थागतलाई १०.०३% ब्याज दिइएको बैंकले जनाएको छ। 

यस्तै संस्थागततर्फको नवीकरण गर्नेलाई १०.१% ब्याज कायम गरिएको छ। बैंकले १० वर्षसम्मको व्यक्तिगत र संस्थागतलाई सोही ब्याजदर तोकेको छ। रेमिट्यान्स फिक्स्ड डिपोजिटको हकमा भने १२.०३% ब्याज रहेको छ।

रेकरिङ डिपोजिटमा ११.०३%, इम्पोलोई वेलफेयरमा ७.०३%, अक्षय कोषमा १०.०३% (वा आपसी सहमति) र कल डिपोजिटमा ३.०१५% ब्याज छ। 

यस्तै एफसीवाई सेभिङ डिपोजिटमा २%, एनआरएन कल डिपोजिटमा ०.७५% र एनआरएन सेभिङ डिपोजिटमा ४.५०%सम्म ब्याज बैंकले दिएको छ। एनआरएन फिक्स्ड डिपोजिटमा बैंकले ५% ब्याज उपलब्ध गराउँदै आएको छ।