काठमाण्डौ । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्सद्वारा होलसेल बैंकिङ अवार्डस् २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एन्ड अपरेसन्स बैंक या द इयर तथा नेपाल डोमेस्टिक इनिसिएटिभ या द इयर अवार्ड प्रदान गरिएको छ। 

एबीएफ होलसेल बैंकिङ अवार्डले उत्कृष्ट एवं भरपर्दो बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकलाई अवार्ड प्रदान गर्दै आएको छ। 

सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटहरुमार्फत आफ्ना सम्पूर्ण ग्राहकलाई उच्च गुणस्तरीय, भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।