काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको आइतबार (मंसिर ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेकोहो।
सभा र लाभांश प्रयोजनका लागि बैंकले यही मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
यो लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago