काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
नेपाल एसबिआई बैंकको काठमाण्डौको केशरमहलस्थित केन्द्रीय कार्यालयमा सभा भएको हो। सभाले कम्पनीको आव २०७८–७९को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८–७९ को नाफा–नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ।
सभाले आव २०७९–८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एसोसियट्स, चार्टर्ड अकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ।।
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago