काठमाण्डौ । नेपाल रेमिट इन्टरनेसनल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सागर खनाल नियुक्त भएका छन्।
चार्टर्ड अकाउन्टेन्ट २९ वर्षीय खनालको रेमिट्यान्स क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ। बिजनेस, रणनीति र योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स क्षेत्रमा स्थापित नाम हो।
खनाललाई एक समारोहबीच कम्पनीका अध्यक्ष रितश मित्तलले स्वागत गरे। खनालले पदभारसमेत ग्रहण गरिसकेका छन्।
विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनलले डिजिटल रेमिट्यान्समा अझै जोड दिँदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।
पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको छ। सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आमनेपालीलाई सेवा प्रदान गर्नेछौँ। रेमिट्यान्ससमेत डिजिटल रुपमा भित्राई मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो।’
खनालको आगमनपछि कम्पनीका सेवासुविधाका साथै यस कम्पनीको लोकप्रियतालाई आमउपभोक्तासम्म पुर्याई आगामी दिनमा अझै उचाइमा पुग्ने नेपाल रेमिटले विश्वास लिएको छ।
नेपाल रेमिटले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ। विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स भित्र्याउँदै आएको छ।
कम्पनीले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago