काठमाण्डौ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र खड्का तथा जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नवनियुक्त ब्रान्ड एम्बेसेडरद्वयमार्फत सम्पूर्ण नेपालीका साथै विशेषतः नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यको सुरुआतमात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए।
समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसेडर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए।
यसैगरी नवनियुक्त ब्रान्ड एम्बेसेडर जोशीले आफूले पनि सुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
ब्रान्ड एम्बेसेडरद्वयमध्ये खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षका लागि र जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको हो।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago