काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्।
आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
संघको उपाध्यक्षमा पारसमणि ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिषनारायण जोशी (नबिल इन्भेस्टमेन्ट बैंकिङ) चयन भएका छन्।
संघको सदस्यमा नारायणप्रसाद घिमिर (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नवीन बास्कोटा (नेपाल लाइफ क्यापिटल) र मनार्थ सदस्यमा संघका निवर्तमान अध्यक्ष मेखबहादुर थापा (एनआईबिएल एस क्यापिटल) रहेका छन्।
सभाले पेस भएका अन्य प्रस्तावउपर छलफल गरी सर्वसम्मतिका साथ पारित गरेको छ।
7 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago