काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट ‘नेपाल पे ट्याप’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ।
ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरुमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पेस ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी डायनामिक नेपालपे क्यूआरलाई पनि बैंकले आफ्नो फिनपोसमा सुचारु गरेको छ। उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीका लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टरआईपीएस प्रयोग गर्न सकिन्छ। बैंकले सुरुआत गरेको पोस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो।
नेपालपे ट्याप एनएफसी प्रविधिमा आधारित छ। जसले दुईवटा डिभाइसहरुबीचको निकटताका आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ। यो पीटुपी र पीटुएम भुक्तानीहरुका लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो। ग्राहकलाई एनएफससम्बन्धी भुक्तानीका लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन।
यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। हाल यो सेवा कनेक्टआईपीएस मोबाइल एपमार्फत उपलब्ध रहेको छ। यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ।
हाल नेपालपे ट्यापको कारोबार सीमा प्रतिकारोबार रु. ५ हजारसम्म रहेको छ र यसलाई ग्राहक आफैँले पनि निर्धारण गर्न सक्दछन्।
सिटीटेकले विभिन्न बैंकका लागि ‘अल इन वान मेसिन’का रुपमा फिनपोस उपलब्ध गराउँदै आएको छ। मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरणमार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ। नेपालपे ट्याप र नेपालपे क्यूआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरुलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रवर्द्घन गर्न निकै सक्रिय रुपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरैजसो सेवा डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ। बैंकको देशभरि ९ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, ७ लाख कार्ड प्रयोगकर्ता, ४ हजारभन्दा बढी पोस तथा २७८ वटा एटीएम रहेका छन्।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago