काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्ज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका थिए। कार्यक्रममा विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले अभिकर्ताहरुको सिकाइमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए। यसले अभिकर्ताहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागिसमेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गरे।
‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुआत’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ एकदमै आकर्षक र प्रतिस्पर्धी रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउनसमेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले आग्रह गरे।
कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा उपस्थित थिए।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। अभिकर्ताहरुको घरदैलोमा तालिम प्रदान गर्न पाउँदा आफू खुसी भएको उनले बताए।
‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्षदेखि नेपालीहरुको घरदैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पुस मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्ब रहेको छ भने जीवन बीमाकोष रु. १५०.८५ अर्ब र सेयरधनी कोष रु. ९ अर्ब ५२ करोडभन्दा बढी रहेको छ।
कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म रु. १९७.१८ अर्ब बीमा शुल्क आर्जन गरेको छ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago