काठमाण्डौ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चलाक समितिमा दुईजना सञ्चालकको नियुक्ति गरिएको छ। 

एनसीएचएलको सञ्चालक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाललाई नियुक्त गरिएको हो। एनसीएचएलको मंगलबार बसेको बैठकले ढकाल र दाहाललाई सञ्चालकमा नियुक्ति गर्ने निर्णय गरेको हो। 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित एनसीएचलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंक तर्फबाट तीनजना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एकजना गरी जम्मा सातजनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ।

एनसीएचएलले राष्ट्रियस्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ।