काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।
बैंकले सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। यी पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिनेछ।
बैंकले बागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरुका लागि ३३ जना सहायक पद (चौथो तह)मा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ। यो पदमा दरखास्त दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसैगरी बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका लागि सहायक पद (आईटी)मा ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ। यो पदमा पनि दरखास्त दिन सूचना प्रविधिकमा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ।
उता सहायक प्रबन्धक (सीए) पदमा बैंकले ८ जना कर्मचारी भर्ना गर्ने भएको छ। यसका लागि सीए वा एसीसीए उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले अनलाइन आवेदन दिनुपर्नेछ। दरखास्त पेस गर्नुपर्ने अन्तिम मिति असार २१ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी असार २८ गतेसम्म दरखास्त दिन सकिनेछ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago