काठमाण्डौ । नेपाल बैंकको एफपीओमा दोश्रो दिनसम्म १४ करोड रुपैयाँ बराबरको मात्र आवेदन परेको छ । 

यो बैंकले खुलाएको एफपीओमा दोश्रो दिनसम्म ५ लाख १ हजार ३०० कित्ताका लागि मात्र आवेदन परेको हो । कुल ४ हजार ६ सय ३६ जनाले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

यो हिसाबले नेपाल बैंकले निश्कासन गरेको एफपीओको कुल कित्तामध्ये दोश्रो दिनसम्म २.८३ प्रतिशत कित्ताका लागि मात्र आवेदन परेको देखिएको छ ।

बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । 

एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।