काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा आठौं दिनसम्म ३३ करोड ७७ लाख ४४ हजार ४ सय रुपैयाँ बराबरको  आवेदन परेको छ । 

कुल ४ अर्ब ९५ करोडको एफपीओमा सातौ दिनसम्म पनि अत्यन्त न्यून आवेदन परेको हो । पछिल्लो समय यो बैंकको एफपीओमा आवेदन पर्ने क्रम निकै सुस्त रहेको छ । 

बैंकले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको थियो । 

आठौ दिनसम्म एफपीओमा ११ हजार ३ सय ८४ वटा मात्र आवेदन परेका छन् । यो अवधिसम्म १२ लाख ६ हजार २ सय ३० कित्ता मात्र बिक्री भएको छ । 

एफपीओ निश्कासनपछि यो बैंकको सेयर मूल्य दोश्रो बजारमा लगातार घटिरहेको छ । दोश्रो बजारमा आइतबारको बैंकको अन्तिम बिक्री मूल्य एफपीओ मूल्य भन्दा ५ रुपैयाँले मात्र बढी रहेको छ ।