काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा खूद नाफातर्फ ९.०४ प्रतिशतको प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ११ करोड खूद नाफा कमाएको थियो । 

बैंकले यो अवधिमा ६ अर्ब ३६ करोड ५९ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७९ करोड ८२ लाख रहेको थियो । 
समीक्षा अवधिमा नेपाल बैंकले ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ अर्ब ९४ करोड निक्षेप संकलन गरी ७४ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्ब कोषतर्फ छलांग मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ४० करोड रहेको रिजर्बको आकार बढी ६ अर्ब ८० करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ४ अर्ब २१ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा  २ अर्ब ९६ करोड रहेको थियो । 

अघिल्लो वर्षसम्म ३.३२ प्रतिशत रहेको खराबकर्जा असूलीमा व्यवस्थापनले ध्यान दिंदा त्यो घटेर २.९ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी समेत बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी बढेर ४२.२७ रुपैयाँको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ३८.७७ रुपैयाँ रहेको थियो । 

बैंकको मूल्य आम्दानी अनुपात ६.८५ गुणा, प्रतिसेयर नेटवर्थ १८४.६० रुपैयाँ, इक्वीटीमा प्रतिफल २५.८६ प्रतिशत, सम्पत्तिमा प्रतिफल २.८१ प्रतिशत कायम भएको छ ।