काठमाण्डौ । नेपाल बैंक लिमीटेडले सोमबार प्रकाशन गरेको उत्साहप्रद बित्तीय विवरणले उसले निश्कासन गरेको एफपीओमा आकर्षक बढाएको देखिएको छ । यो बैंकले २१ दिनदेखि एफपीओ निश्कासन गरेको छ । जसमा सबैभन्दा धेरै आवेदन सोमबार नै परेको देखिएको छ । 

सोमबार मात्रै नेपाल बैंकको एफपीओमा १४ हजार ७ सय ५१ वटा आवेदन परेका छन् । यो २१ दिनमा सबैभन्दा बढी आवेदन परेको यो नै हो ।

यसअघि आइतबार १४ हजार ४ सय ३७ र त्यसअघि १४ हजार १ सय १८ वटा आवेदन परेका थिए । त्यसअघि अझ कम आवेदन परेको थियो । 

यो बैंकको एफपीओमा सबैभन्दा कम आवेदन पहिलो दिन १ हजार २ सय ९८ वटा मात्र परेको थियो । 

नेपाल बैंकको एफपीओमा हालसम्म कुल ४३ करोड ३७ लाख ११ हजार ६ सय रुपैयाँ बराबरको आवेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ । 

यो बैंकले असार १५ देखि सर्वसाधारणका लागि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ प्रतिकित्ता प्रिमियमसहित रु. २८० को दरले निश्कासन गरे पनि अझै बिक्री हुन सकेको छैन । 

यो बैंकको एफपीओमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।