काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो)
योसँगै अघिल्लो दिन बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको छ।
आज बनेको बियरिस मारुबुजु क्यान्डलले यसअघि बनेका ५ वटा क्यान्डललाई पूरै ढाकेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा भने आज बजारले मध्य ब्यान्डको १९३४ को विन्दुमा सपोर्ट लिएको छ। यदि आगामी कारोबारमा यहाँभन्दा तल आएमा बजारमा थप बिक्रीचाप पर्न सक्ने देखिन्छ।
दैनिक चार्टलाई म्याक्डीमार्फत हेर्दा भने एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएको र हिस्टोग्रामहरु पनि सकारात्मक भए पनि फिक्का हुँदै गएको देखिन्छ। आरएसआई पनि यसभन्दा अगाडि प्रतिरोध ६० कै विन्दुमा पुनः प्रतिरोध सामना गरेर हाल ५२ को न्युट्रल तहमा आएको छ। तर, बजारलाई आवरली बेसमा हेर्ने हो भने म्याक्डीमा आजै बियरिस क्रसओभर बनेको छ र केही समय करेक्सन आउन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago