काठमाण्डौ । केही दिन लङ अप्पर स्याडो बनेको नेप्सेको चार्टमा आज ह्याम्मर आकृति बनेको छ।
आज दिनभर घटेको बजार कारोबारको अन्तिम समयमा सम्हालिँदा यस्तो आकृति बनेको हो। आज दिनभरको कारोबारमा बजार घटेर २१४० सम्म आएको थियो। तर, अन्तिममा आज बजार ८ अंकले बढेर बन्द भएको छ।
दिनभरको न्यून विन्दुबाट बजार ३३ अंकले बढेको छ। फलस्वरुप बजारमा आज ह्याम्मर आकृति बनेको छ। (हेर्नुहोस् तस्बिरमा कालो एरो)
यसअघि पनि यस्तै आकृति बन्दा बजारमा बुल सूरु भएको थियो। (हेर्नुहोस् हरियो एरो)
यदि भोलिको कारोबारमा यसअघि बनाएको रातो क्यान्डललाई ढाक्ने गरी बुलिस मारुबुजु क्यान्डल बन्छ भने बजार पुनः माथिको यात्रा तय गरेको बुझ्न सकिन्छ। यसका लागि बजार २२०० भन्दा माथि बन्द हुनुपर्छ।
आवरली चार्टमा हेर्दा आज अन्तिम घन्टामा बजारमा भोलुमसहित सूचक बढेको छ। म्याक्डीमा पनि गत १० जनवरीमा बनेको बियरिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन्। यसले बुलिस क्रसओभर हुँदै गरेका बुझ्न सकिन्छ।
आरएसआई ४० को तहबाट माथि फर्केको छ। यसले पनि अल्पकालमा आएको करेक्सनबाट बजार सम्हालिँदै गरेको बुझ्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago