काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। बजार आज दिनभर नै बढेको थियो।
अघिल्लो दिन ८ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ। कारोबार र भोलुमका हिसाबले पनि आज बजारमा बढोत्तरी आएको छ।
आज पनि बजारले २२०० कै विन्दुमा प्रतिरोध सामना गरेको छ। यदि बजारले २२०० को प्रतिरोध ब्रेक गरेर माथि गएमा २५०० सम्मको यात्रा तय गर्न सक्ने प्राविधि रुपमा देखिन्छ।
नेप्सेलाई आज आवरली चार्टमार्फत हेर्दा दिनभर बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि टिकेको देखिन्छ।(हेर्नुहोस् कालो एरो)
म्याक्डीमार्फत हेर्दा पनि गत १० जनवरीयता १५ दिनपछि आज बजारमा बुलिस क्रसओभर बनेको छ।(हेर्नुहोस् कालो एरो)
हिस्टोग्राम पनि आज सकारात्मक नै बनेको छ। यसले बजार विस्तारै अल्पकालीन करेक्सन सकिएको बुझ्न सकिन्छ।
आरएसआई पनि ४१ को तहबाट फर्केर ५६ को तहमा बढ्दो गतिमा देखिन्छ। समग्रमा तीनवटै इन्डिकेटरले बजारमा अल्पकालीन करेक्सन सकिँदै गएको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
6 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago