काठमाण्डौ । केही दिनदेखि सुस्ताएको सेयर बजारमा आज एकाएक बाउन्स आएको छ। योसँगै आज बनेको बुलिस मारुबुजु क्यान्डलले यसअघि बनेका ६ वटा क्यान्डललाई ढाकेको छ।
गएको साताको अन्तिम कारोबार र यो साता बनेका क्यान्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बुलिस पिनबार बनेको छ। घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृति बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यस्तो पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा हुनुपर्छ। (हेनुहोस् मुख्य तस्बिरमा हरियो एरो)
यसअघि यस्तै आकृति बन्दा बजार ठूलो अंकले बढेको थियो। (हेर्नुहोस् कालो एरो)
बोलिंगर ब्यान्डमार्फत आज बजारलाई हेर्दा सोमबार तल्लो ब्यान्डमा ह्याम्मर आकृति बनेको थियो। आज दिनभरको कारोबारले दैनिक चार्टमा हरियो मारुबुजु क्यान्डल बनेर मध्य ब्यान्डलाई ब्रेक गरेर कन्फर्मेसन दिएको छ। (हेर्नुहोस् कालो एरो)
म्याक्डीमा गत २६ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा–छोटा हुँदै गएका छन्। आरएसआई भने ४९ को न्युट्रल जोनबाट पुनः माथिको यात्रा तय गरेको छ। यसले बजारमा विस्तारै खरिद दबाब परेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago