काठमाण्डौ । सेयर बजारमा आज दिनभर बजार सकारात्मक नै रह्यो। आज करिब १८४५ बाट खुलेको बजार दिनभर तल–माथि गरेको अन्तिम समयमा २७.३१ अंकले बढेर बन्द भएको छ।
प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै अघिल्लो दिनका क्यान्डलहरुसँग मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ। यदि लामो समय घटेको बजारमा पहिलो क्यान्डल रातो मारुबुजु बन्छ, दोस्रो क्यान्डल डोजी अथवा इन्भर्टेड ह्याम्मर प्रकृतिको बन्छ र तेस्रो क्यान्डल ग्याप अप ओपनिङसहितको बुलिस मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार भनिन्छ। (हेर्नुहोस् हरियो एरो)
यसले बजार माथि जाने संकेत गर्छ। यसविपरीत यदि पहिलो क्यान्डल हरियो, बीचमा कुनै पनि खालको डोजी प्रकृतिको क्यान्डल बन्छ र तेस्रो क्यान्डल रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई इभिनिङ स्टार भनेर बुझिन्छ। यसले घट्दो बजारलाई संकेत गर्छ (हेर्नुहोस् रातो एरो)। यसले बजार तल जाने संकेत गर्छ।
आज नेप्सेमा मर्निङ स्टार क्यान्डल बनेको छ। कारोबार र भोलुमको हिसाबले भने आजको बजारालाई सामान्य रुपमा लिन सकिन्छ। यदि आगामी दिनमा बजार बढेमा १८९० मा पहिलो प्रतिरोध सामना गर्न सक्छ भने घटेमा बजारले १८५० मा टेवा लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
4 minutes ago
37 minutes ago
46 minutes ago
51 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago