काठमाण्डौ । आज बजारमा दिनभर नै उतारचढाव देखियो। अघिल्लो कारोबारमा १८१८ मा बन्द भएको बजार आज १८१० सम्म तल आएको थियो। तर, कारोबारको अन्तमा १८२१ मा बन्द भएको छ।
आज बजार दिनभरमा १८२८ सम्मको उच्च विन्दुमा पुगेको थियो।
प्राविधिक रुपमा सोमबार र मंगलबारको कारोबारलाई हेर्दा ट्विजर बटम क्यान्डल बनेको देखिन्छ। ट्विजर बटममा २ वटा क्यान्डल रहेका हुन्छन्। पहिलो क्यान्डल रातो हुन्छ भने दोस्रो क्यान्डल हरियो बनेको हुन्छ। तर, दुवै क्यान्डलको लो एउटै बनेको हुन्छ।
यसमा पहिलो क्यान्डलले बियरिस निरन्तरताको संकेत गर्छ भने दोस्रो क्यान्डलले सपोर्ट र सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ। दुवै क्यान्डललाई मिलाएर हेर्दा बियरिस ट्रेन्ड अन्त्य हुँदै गरेको संकेत मिल्छ।
ट्रेडरले यसमार्फत कारोबार गर्दा यी क्यान्डलको उच्च विन्दु अर्थात १८२८ भन्दा मााथि टिकेर कारोबार भएको खण्डमा बजारमा इन्ट्री र यी २ क्यान्डलको लो अर्थात १८०८ भन्दा तल झरेको खण्डमा स्टप लसको रणनीति लिन सक्नेछन्। यदि बजार बढेमा ट्रेडरले १.५ टाइम्स रिस्क रिवार्ड रेसियोअन्तर्गत १९७५ सम्म टार्गेट राख्न सक्नेछन्।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago