काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज नेप्से परिसूचकमा ६०.२२ अंकको बढोत्तरी भएको छ।
यो बढोत्तरीसँगै नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो दिनको मैनबत्तीको लम्बाइभन्दा लामो) अर्को मैनबत्ती बनेमा बुलिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् हरियो एरो)। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ।
यसविपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको राता क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनेर बुझिन्छ। हाल नेप्सेमा बनेको बुलिस इन्गल्फिङको भ्यालिड मात्रा भने ८० प्रतिशत रहेको पाइन्छ।
यस्तै आकृति ६ महिनापहिले बन्दा बजार झन्डै ७०० अंक बढेको थियो। (हेर्नुहोस् क्यान्डल स्टिकमा कालो एरो)
यसैगरी आरएसआई २१ को ओभर सोल्ड जोनबाट फर्केर ३२ को तहमा पुगेको छ। यस्तो विन्दु यदि तलबाट फर्केर ३० को तहभन्दा माथि जान्छ भने आरएसआईअन्तर्गत खरिद सिग्नल मिलेको बुझिन्छ।
नोट : यो विश्लेषण विश्वव्यापी प्रयोगमा आएका औजारका आधारमा गरिएको विश्लेषण हो। यसको अर्थ हामीले कारोबारका लागि सिफारिस गरेका भने होइनौँ। लगानीकताले लगानी गर्नुपहिले आफ्नै स्वविवेक प्रयोग गर्नुपर्छ।
8 hours ago
8 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago