काठमाण्डौ । यो हप्ताभरि नै नेप्से परिसूचकमा झिनो अंकले मात्र उत्तारचढाव देखियो ।

लगानीकर्ताहरुको बलियो मनोबल र चौतर्फी माहौल सकारात्मक भइरहेका टिप्पणीहरु आइरहँदा अब बजारले कस्तो दिशा तय गर्ला? 

सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले समग्रमा ट्रेण्ड १५४५ विन्दू बाट फर्केर १२० अंक जोडिएको उल्लेख गर्र्दै ३०–४० अंकको गिरावटका साथ साइडवेज कन्सोलीडेसन स्वभाविक रहेको बताउँछन् । यस्तो अवस्था अझै रहनसक्ने उनको जिकिर छ । 

अब नेप्से परिसूचक १६३० को विन्दूबाट बाउन्सब्याक भएपछि थप १०० अंक बढेर परिसूचकले १७३० देखि १७५० को विन्दू चूम्ने बस्यालको प्रक्षेपण छ । यो बुलिस यात्रा भने अर्को साताबाट मात्रै सुरु हुने उनको दाबीसमेत छ ।

नेप्से परिसूचकले अब १६३० को टेवा समाउने जिकिर गर्दै बस्याल १६६८ विन्दूको प्रतिरोध ब्रेक गरेमा परिसूचक १७५० आरामले पुग्नसक्ने जिकिर गर्छन् ।

पछिल्लो ट्रेण्डअनुसार नै बजार चल्ने दाबी गरेका बस्यालले अब आगामी दिनमा पनि सेक्टरल रोटेशनले प्राथमिकता पाउने बताए । अब माइक्रो, निर्जीवन बीमा र हाइड्रोपावर समूह चल्दै १६६८ विन्दू ब्रेक गर्दै सबै सेक्टरको प्रदर्शन राम्रो हुने उनको भनाइ छ ।