काठमाण्डौ । आइतबार नेपालको सेयर बजारले फेरि तीनवटा नयाँ किर्तिमान बनाएको छ । 

अलटाइम हाई १८८१ विन्दूमा बजार पुग्नलाई अब १०० अंक हाराहारी बाँकी छँदा नेप्सेले एकपछि अर्को गर्दै दैनिक रुपमा नयाँ नयाँ कीर्तिमान बनाउँदै लगेको हो । 

आइतबार बजारमा करिब ७ अर्बको सेयर कारोबार भएको छ । एकैदिन यति धेरै रकमको कारोबार भएको इतहिासमै आज पहिलो दिन हो ।

नेप्सेमा ६ अर्ब ९० करोड ६७ लाख बढीको कारोबार भएको हो । गत बिहीबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको थियो । त्यो कीर्तिमानलाई समेत तोड्दै ७ र्ब ९० करोड बढीको कीर्तिमान बनाएको हो । 

मार्च १, २०२० मा नेप्सेमा ४ अर्ब ८४ करोड ७४ लाखको इन्ट्रा डे कारोबार भएको थियो । त्यो रेकर्डलाई ब्रेक गर्दै कारोबार रकममा आज नयाँ रेकर्ड बनेको हो । 

कारोबार रकममा मात्र नभई किनबेच भएका सेयरहरुको कित्ताको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ । नेप्सेका अनुसार २०२० को सेप्टेम्बर १७ मा बजारमा १ करोड ३२ लाख १६ हजार २३४ कित्ता सेयरको एकैदिन किनबेच भएको थियो । हालसम्मको सर्वाधिक सेयर संख्या किनबेच भएको सो रेकर्डलाई समेत बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड बनाएको छ । 

आइतबार १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर किनबेच भयो । यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको थियो । बिहीबारको कीर्तिमानलाई आइतबारको नयाँ रेकर्डले ब्रेक गरिदिएको हो ।  

यो दिन कुल बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बन्ने निश्चित देखिन्छ । यसरी एकैदिन नेप्सेमा तीनवटा नयाँ रेकर्डहरु बनेका छन् । 

नेप्से परिसूचक अलटाइम हाई १८८१ विन्दूतर्फ अगाडि बढ्दै गर्दा नयाँ नयाँ रेकर्डहरु बन्दै जाने विश्लेषकहरु बताउँछन् ।