काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार झन्डै ६ लाख कित्ता सेयर थपिएको छ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएसँगै नेप्सेमा उक्त परिमाणमा सेयर थपिएको हो। नेरुडेले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।
सूचीकृत बोनस सेयरको संख्या ५ लाख ९६ हजार ४७०.५ कित्ता रहेको छ। सूचीकरणसँगै अब यी सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छन्।
12 minutes ago
36 minutes ago
55 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago