काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई एनआईसी एसिया बैंक लिमिटेडले जारी गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार सूचीकृत भएको छ।

नेप्सेमा एनआईसी एसिया बैंकको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार एनआईसी एसियाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट जारी गरेको १ करोड ८४ लाख ६३ हजार ५३७.९८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेका छन्।