काठमाण्डौ । नेपालको सेयर बजारमा आज एकैदिन वटा नयाँ कीर्तिमान कायम भएको छ । 

नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उचाईमा पुगेको आज आइतबार सर्वाधिक कारोबार रकम र कुल बजार पूँजीकरणमा समेत नयाँ कीर्तिमान बनेको हो । आइतबार परिसूचकमा ५०.२० अंकको उछाल आएसँगै नेप्सेले नयाँ उचाई २४२४.८४ विन्दू कायम गरेको छ । 

यसैगरी साताको पहिलो दिन आज आइतबार ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक कारोबार रकम हो । यसअघि गत नोभम्बर २९ मा ९ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

बजारले नयाँ रेकर्ड बनाउने क्रममा आज कुल बजार पूँजीकरणसमेत ३२ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । आज कुल बजार पूँजीकरण ३१ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ बढी पुगेको हो । यो हालसम्मकै सर्वाधिक बजार पूँजीकरण हो ।