काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ९६ लाख कित्ता सेयर थपिएको छ। 

नेपाल क्रेडिट एन्ड कमर्स (एसीसी) बैंकको कुल ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यो बोनस सेयर बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १०.२७ प्रतिशतबराबर हुन आउँछ। 

बैंक गत आर्थिक वर्षको मुनाफाबाट कुल १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ०.५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो।

प्रस्तावित लाभांश बैंकको हालै सम्पन्न २३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको थियो।