काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब साढे १३ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ५ प्रतिशत नगद लाभांश रहेको थियो। 

सोही १५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।