काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार अपि पावर कम्पनीको करिब सवा १७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा यो कम्पनीले जारी गरेको कुल १७ लाख २० हजार ५६१.५० कित्ता बोन सेयर सूचीकृत भएको हो। 

यो कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीका कुल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ९ प्रतिशतले हुन आउने बोनस सेयर र ०.४७ प्रतिशतले हुन आउने नगद (लाभांश कर) रहेका छन्।