काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाको पौने १२ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

नेप्सेमा वोमी र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका ११ लाख ८१ हजार ९७६ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्। जसमा वामी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता र आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर छन्। 

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वोमी लघुवित्तले ३० प्रतिशत र आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।