काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज एकैदिन दुई वाणिज्य बैंकका पौने ३ करोड बढी कित्ता बोनस सेयर थपिएका छन्।

नेप्सेमा आज कृषि विकास बैंक र मेगा बैंक नेपालका कुल २ करोड ७६ लाख ५७ हजार ३८६.४६२४ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्। सूचीकृत बोनस सेयरमध्ये कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता र मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता रहेका छन्। 

गत आर्थिक वर्षको मुनाफाबाट कृषि विकास बैंकले १५ प्रतिशत र मेगा बैंक नेपालले १० प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेका थिए।