काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज झन्डै पौने ५४ लाख कित्ता थपिएको छ।

नेप्सेमा नेपाल एसबीआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो बैंक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।