काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार १ करोड बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा प्रभु बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकले सेयरधनीहरुलाई वितरण गरेको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।