काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकैदिन १ करोड ८० लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भएको छ। 

नेप्सेमा २ बैंक र १ लघुवित्त गरी ३ कम्पनीका १ करोड ८० लाख ७७ हजार ४७२.८७ कित्ता बोनस सेयर थपिएको हो। आज नेप्सेमा लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर जारी गरेको थियो।

यसैगरी नेप्सेमा आजै माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १६९.३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले सेयरधनीहरुलाई गत आवमा ७.०३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै आज छिमेक लघुवित्तको ३३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघु्वित्तले २२ प्रतिशत बोनस सेयर गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको थियो।