काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १ करोड १७ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश रहेका छन्। 

सोही १२ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।