काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एनसीसी बैंकको रु. ३ अर्ब रुपैयाँ ‘९.५% एनसीसी ऋणपत्र–२०८६’ सूचीकृत भएको छ। 

नेप्सेको हिजो जेठ ९ गतेको निर्णयअनुसार एनसीसी बैंकको रु. १००० अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र सूचीकृत भएको हो। भोलिबाट यो ऋणपत्रको धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ।

बैंकले गत वर्ष चैत दोस्रो साता यो ऋणपत्र बिक्री गरेको छ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो। 

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक रुपमा ९.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।