काठमाण्डौ । एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआइबिएल समृद्धि फन्ड–२ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। 

योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आज समृद्धि फन्ड–२ का इकाइहरु सूचीकरण सम्झौता भएको हो। यो सम्झौतासँगै समृद्धि फन्ड–२ का १० रुपैयाँ अंकित दरका कुल १५ करोड इकाइ नेप्सेमा सूचीकृत भएका छन्।

नेप्से एनआइबिएल समृद्धि फन्ड–२ लाई धितोपत्र दोस्रो बजारमा कारोबारलाई ‘एनआईबिएसएफ–२’ संकेत प्रदान गरेको छ। आउँदो आइतबार यो फन्डको कारोबार दोस्रो बजारमा खुल्नेछ।