काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज साढे ७ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

आईएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि कुल ७.३७ प्रतिशत लाभांश जारी गरेको थियो। जसमा ७ प्रतिशत बोनस सेयर र बाँकी ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।

सोही ७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।